|

पर्सा : शीतलहर र अत्यधिक चिसो बढेपछि विन्दवासिनी गाउँपालिकाका सबै विद्यालयहरु बन्द गरिएको छ। मध्य तराईमा माघ लागेपछि अधिक चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ख्याल गरी विद्यालयहरु बन्द गरिएको गाउँपालिकाले जनाएक छ।

गाउँपालिका र गाउँपालिकाको नेपाल शिक्षक महासंघबीच मंगलबार भएको छलफलपछि सामुदायिक, धार्मिक र परम्परागत सबै प्रकारका विद्यालयहरु बन्द गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत कपिल लामिछानेले सूचना जारी गर्दै आगामी शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए। बालबालिको स्वास्थ्यलाई ख्याल गरी विद्यालय तीन दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ। उनको भनाइ छ । 

यता, वीरगञ्ज महानगरकामा भने बुधबारदेखि पुनः विद्यालय खुलेका छन्। महानगरले भने गते आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गरेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.