|

विराटनगर : प्रदेशसभाको सातौं अधिवेशनको पहिलो दिन प्रदेशसभामा बैठक बसिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्यार्थीले नाराबाजी गरेका छन्।

संसद् विघटन गराउने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै बुधबार प्रदेशसभा बाहिर युवा विद्यार्थीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको राजीनामा समेत मागेका थिए।

प्रदेशसभा भित्र र बाहिरसमेत खतराको सम्भावना रहेको भन्दै बारी परिसरमा प्रहरीको बाक्लो उपस्थिति थियो। तर पहिलो बैठक भने शान्तपूर्वक तीन मिनेट बसेर स्थगित भएको थियो।

सत्तारुढ नेकपाको विवादका कारण निलम्बन गरिएका १६ सांसदलाई प्रदेशसभामा प्रवेश नदिने योजनामा रहेको अ‍ोली समूहले अवरोध भने गरेको छैन। प्रदेशसभामा मुठभेडको स्थिति आउन सक्ने आकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.