|

काठमाडौं :  सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। 

दाङबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख ४४ ८८ नम्बरको बस हरिवन नगरपालिका–४ मा दुर्घटना हुँदा दाङका ३६ वर्षीया राजकुमारी चौधरी र २३ वर्षीया रिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए। 

दुर्घटनामा गम्भिर घाइते भएका चार जनाको वीरगन्जमा र १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाको कारण खुलेको छैन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.