|

सप्तरी : हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ ।

खडक नगरपालिका(११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रवक्ता साहले बताए ।

मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका ११ कै २१ वर्षीय सुनिलकुमार चौधरी भने घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । उनलाई उपचारका लागि राजविराज पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.