|

काठमाडौं : नेपाल बङ्गलादेश बैंकले भक्तपुरको सिरुटारमा शाखा बिस्तार गरेको छ। बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका -१ सिरुटारमा आफ्नो ९९औं शाखा संचालनमा ल्याएको हो। 

बैंकले माघ ७ गतेबाट सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरिसकेको छ। बैंककाे औपचारिक उद्घाटन पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए। उद्घाटन समारोह बैंक संचालक समितिका सदस्य  दिपक कार्कीको सभापतित्वमा भएको थियो।

उद्‍घाटनपछि बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा धारणा राख्दै सेवाग्राहीको सुविधाको लागि  एटिएम पनि सञ्चालनमा ल्याएको जानकारी दिए। उनले त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको बताए।

उनका अनुसार अब सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.