व्यवस्थापनबिना स्थानीयलाई हटाउँदैनौँ : वनमन्त्री आले

|

सिमरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई राज्यले अलपत्र नपार्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित विमानस्थल क्षेत्र अनुगमनका कम्रमा पर्यटनमन्त्री ढकालले स्थानीयहरुको चित्त दुखाएर जबरजस्ती अन्त नलाने बताएका हुन्।

‘हामी तपाईंहरूलाई व्यवस्थापन गरेर मात्रै राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्छौं’ मन्त्री ढकालले भने। आयोजना कार्यालयको तथ्याकंमा  बिमानस्थलको टाँगियावस्ती क्षेत्रमा  मात्रै १४ सय ७६ घरधुरी बसोबास गर्दै आएको भनिए पनि हाल सो क्षेत्रमा २ हजार घरधुरी नाघिसकेको स्थानीयहरूले जनाएका छन्।

राष्ट्रिय वन क्षेत्रभित्र झण्डै ४ दशकदेखि बसोबास गर्दै आएको सो बस्तीमा खानेपानी, बिजुली र टेलिफोन नेटर्वकको सुविधा नभएको भन्दै स्थानीयले मन्त्री ढकालसँग गुनासो गरेका थिए। स्थानीयको गुनासोको विषयमा ढकालले जतिसक्दो छिटो अल्पकालीन ढंगले मात्रै भए पनि खानेपानी, टेलिफोन र बिजुलीको समस्या समाधान गर्ने स्थानीयसामु प्रतिबद्धता जनाएका छन्।

‘हाललाई अल्पकालीन ढंगले तपाईंहरूको समस्या समाधान हुन्छ, दीर्घकालीन समस्या समाधानका लागि विमानस्थलको काम आरम्भ भएपछि शुरु हुन्छ, यसमा सबै आश्वास्त हुनुहोस्’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार गठन भएलगत्तै कानुनमन्त्री रहेका ढकाल कोभिड १९ अवधिमा स्वास्थ्य मन्त्री  थिए भने हाल पर्यटनमन्त्री छन्।  पर्यटनमन्त्री भएलगत्तै अधिकांश मन्त्रीहरु टाँगियाबस्ती अनुगमन गर्न आउँछन्। तर, मन्त्री कार्यकाल भर विमानस्थलभित्रको कुनै समस्या भने समाधान हुँदैन।

‘काठमाडौंको एयरपोर्टकै भविष्य के हुन्छ त्यसको समेत विकल्पमा भोलि राज्यको एक मात्र विमानस्थल यही मात्र हुनसक्ने सम्भावना छ, त्यसैले राज्यले यो विमानस्थललाई दोस्रो होइन पहिलो प्राथमिकता दिएर नै बनाउन खोजेको छ’ मन्त्री ढकालले टाँगियाबस्तीका स्थानीयलाई आश्‍वस्त दिँदै भने।

व्यवस्थापनबिना स्थानीयलाई हटाउँदैनौँ : वनमन्त्री आले

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेसहित राष्ट्रिय गौरवको आयोजना कार्यालय प्रमुख, स्थानीय प्रशासन प्रमुख, जितपुरसिमरा उपमहानगर, कोहल्वी नगरपालिका प्रमुख,डिभिजन वन कार्यालय बाराका प्रमुख,पर्सा राष्ट्रिय निकुन्ज प्रमुखहरु सहितको जम्बो टोलीले आज प्रस्तावित विमानस्थलको चारकिल्ला, राष्ट्रिय वन क्षेत्रभित्रको बस्ती र विमानस्थल आयोजनना कार्यालयले बकैया खोलामा गरेको तटबन्धको समेत अनुगमन गरेको छ।

अनुगमन क्रममा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले प्रस्तावित अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा बसोवास गरेका स्थानीयहरुलाई व्यवस्थापन गर्न १ हजार हेक्टर जग्गा आवश्यक पर्ने भएकोले बस्ती व्यवस्थापनबिना स्थानीयलाई सो क्षेत्रबाट नहटाउने बताएका छन्। ‘तपाईंहरूलाई  जबरजस्ती हटाएर राज्यले टाँगियाबस्तीलाई अन्याय गर्दैन,जीविकापार्जन हुनेगरी, पुग्नेगरी सम्पूर्ण व्यवस्थापन गरेर मात्र हामी विमानस्थल निर्माणको काममा अगाडि बढ्नेछौ’ वनमन्त्री आलेले भने।

गत वर्ष एक सार्वजनिक कार्यकम्रमा तत्कालीन नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले टाँगियाबस्तीमा विद्युत पुर्याउने प्रतिवद्धता जनाए पनि हालसम्म सो क्षेत्रका स्थानीय अँध्यारोमा बस्नुपरेको भन्दै स्थानीयले  मन्त्रीद्वयसँग तत्काल उज्यालोको माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.