|

बुधबार अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ लिए। क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए। 

कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको शपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो।  लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए।

तिनैमध्ये एक थिइन् गायिका लेडी गागा। उनले समारोहमा राष्ट्रिय गान गाएकी थिइन्। उनको पफर्मेन्सले समारोहलाई थप रोचक बनाएको थियो। उनको पफर्मेन्स र  उनको पोशाकलाई लिएर सामाजिक सञ्जा‍लमा खुबै प्रशंसा भएको छ।  उक्त शपथ समारोहमा लेडी गागाको लुक्स पनि चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.