|

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

आज बिहान ११  बजेर ४५ मिनेटमा एयर इन्डियाको विमान  १० लाख डोज खोपको पहिलो लट लिएर  काठमाडौं आएको हो। विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप हस्तान्तरण गरेका छन्। 

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। विभागबाट जिल्लामा प्रयोगका लागि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने मन्त्रालयले जनाएको छ। भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.