'संसद् सुचारु नहुञ्जेलसम्म शान्तिपूर्ण संघर्ष चलिरहन्छ'

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन विरोध सभाको तयारी पूरा भएको जानकारी गराएको हो। 

संसद् विघटन विरुद्धको विरोध सभाको लागि सबै तयारी पुरा भएको केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पूरा भएको जानकारी दिए। 

पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मीकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने उनले बताए। उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुनेसमेत बताए। 

मुख्य जुलुस पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने उनले जनाए। ‘विरोध सभामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुको सम्बोधन हुन्छ। विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुन्छ’, उनले भने।  

प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए। संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने उनले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.