|

काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ताबाहेक अरुलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन्। 

संसद विघटनको कदमविरुद्ध कांग्रेस काठमाडौँ महानगरपालिका–११ ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कोणसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदा स्थिरता दिने र आम जनताको जीवनलाई सुखी पार्ने प्रतिबद्धता गरे पनि आफ्ना आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केही पनि दिन नसकेका बताए। 

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुनअनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताए। संविधानअनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभास भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.