|

काठमाडौं :  नेपाली नागरिकका लागि इजरायलमा रोजगारी खुला भएको छ । 

नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल एमओयूमा हस्ताक्षर भएसँगै नेपाली कामदार पठाउने बाटो खुलेको हो।  श्रममन्त्री गौरीशंकर चौधरीको उपस्थितिमा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडरले एमओयूमा हस्ताक्षर गरे। नेपाली कामदार केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका सेवामा जान पाउनेछन्। 

सम्झौता अनुसार ५ सय नेपालीले इजरायलमा केयर गिभरको रुपमा रोजगारी प्राप्त गर्नेछन् । रोजगारीमा जाने नेपालीले इजरायली नागरिक सरह सेवा सुविधा पाउने राजदूत खनानले बताएका छन्।  कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाएर सिप भित्र्याउनु पर्नेमा जोड दिए। नेपाली कामदारलाई इजरायल पठाउने प्रक्रिया चाडै शुरु गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.