संविधानका सबै अधकार पूर्ण रूपमा लागु गरे नेपाल बन्‍न १० वर्ष काफी हुने तर्क

|

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्मा‘प्रभाकर’ले ७ देखि १० वर्षसम्ममा नेपालको गरिबी अन्त्य गर्ने सकिने बताए।

सत्तामा बसेर​ अर्बाैंमा बिक्नेहरुकै कारण देश आज गरिब अवस्थामा आएको नेता शर्माले बताए। 

शुक्रबार नेपाल दलित मुक्ति संगठन जिल्ला कार्यदल दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, 'यदि संविधान कार्यान्वयन गर्न जिम्मा मलाई दिए ७ देखि १० वर्षसम्ममा नेपालको गरिबी अन्त्य गर्न सकिने मलाई विश्वास छ।'

बौद्धिक र साधनयुक्त युवा जनशक्ति यही भएको भन्दै प्रकृतिले दिएको अथाह सम्पत्ति नेपालीसँग भएको बताए। संविधानले दिएका सबै अधिकार पूर्ण रूपमा लागू गर्न सके देशलाई धनी बनाउन १० वर्ष काफी हुनेसमेत उनले बताए। 

त्यसैगरी उनले राष्ट्र निर्माणप्रति, जनताका अधिकार स्थापित गर्नतर्फ नभई प्रधानमन्त्री ओली हिजोका सामन्त राजा महाराजाको सिको गर्दै त्यो पथमा हिँड्न खोजका पनि आरोप लगाए।

'सार्वभौम सत्ता जनताको हातमा भएको अवस्थामा  केपी ओलीले त्योभन्दा माथि भएर संविधान च्यात्न लागे, हामीले खबरदारी गर्दै आइरहेका छाैं,' उनले भने।

पार्टीमा भएको विवाद पदका लागि नभई विचार, विधि पद्धति र संविधान बचाउन भएको पनि नेता शर्माले तर्क गरे। अहिले केपी समूहले आफूहरुलाई काम गर्न नदिएकाले संसद विघटन गरेको भनी बाहिर प्रचार गरेका र त्यो गलत भएको समेत उनको भनाइ थियो।

‘हामीले संघीय, समावेशी सिद्धान्तसहित ठूलो त्याग, तपस्या, बलिदानी र आन्दोलनबाट ल्याएको संविधान कार्यान्वयन गर्दै लैजान भन्यौं’, उनले भने, ‘तर, उहाँँले (केपी ओली) त्यो कुरा मान्नु भएन, उहाँले संविधानविपरीत कार्य गर्नुभयो, संविधान लत्याउने कार्य गर्नुभयो, त्यस्ता गतिविधि हामीले गर्न दिएनौं, यही कारण उहाँले संसद नै विघटन गर्नुभयो।’

त्यस्तै नेता शर्माले जातीय मुक्तिका लागि दलित समूदाय आर्थिक रुपमा बलियो हुनुपर्नेमा जोडसमेत जोड दिए। आर्थिक क्रान्तिबिना दलित समुदायको मुक्ति र उत्थान हुन नसक्ने भन्दै उनीहरुको आर्थिक विकास र सशक्तीकरणका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.