|

काठमाडौं : यो वर्ष माघेझरी पर्ने सम्भावना कमजोर हुँदै गएको छ। तर मौसम बदली जारी छ।

पश्चिमी वायु बलियो हुँदा नेपालमा हिउँदे झरी पर्ने गर्छ। तर यो पटक भने मनसुनी सिजन सकिएपछि अहिलेसम्म पानी परेको छैन।

अहिले देशभरको मौसममा बदली भइरहेको छ। तर, मौसमविद्‌हरूले यो बदलीले पानी पार्न नसक्ने जानकारी दिएका छन्‌। 

पश्चिमी वायुको प्रभाव सामान्य रहेको तथा वर्षा हुन आवश्यक बलियो प्रणाली नबनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हिउँदे झरी नहुँदा किसानहरूले खेतीपाती लगाउन पाएका छैनन्‌। आकाशे पानीको भरमा खेती हुने देशका अधिकांश क्षेत्रमा बर्खेखेती फलाएको जमिन सुख्खा छ। पहाडी क्षेत्रमा किसानले तोरी र आलुलगायत खेती लगाउन सकिरहेका छैनन्‌।​

हुस्सु र कुहिरोले ढाक्ने, चिसो बढ्ने तर पानी नपर्ने समस्या अहिले बढिरहेको छ। पानी नपर्दा प्रदूषित हावाको कण (डस्ट पार्टिकल) वायुमण्डलमै थुप्रिएको छ। जसकारण अघिल्लो महिना काठमाडौं उपत्यकामा भएको वायु प्रदुषणले संसारकै रेकर्ड तोडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.