|

काठमाडौं : सडकमा चलाइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको छ।

काठमाडौंको तीनकुनेमा गएराति यो दुर्घटना भएको हो।

दुर्घटनामा परी बाँके कोहलपुर स्थायी निवासी २२ वर्षीय शाहिल बम क्षेत्री मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनले चलाएको भे १० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किएको थियो। 

पोलमा ठोक्किएका बमलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पतालमा ल्याएपनि उनको ज्यान गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.