|

कञ्चनपुर : नेपाली कांग्रेसका महामन्त्री डां शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कम्युनिस्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखे।

‘हाम्रो आग्रह संसद् पुनर्स्थापनाका लागि हो,’ कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हु्नुपर्छ भन्ने हो।’

त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली संकलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितिले गर्दा समयमा हुन नसकेको उनले बताए।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन,’ उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो।’ मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.