|

काठमाडौं : कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक पुगेको युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध गरेर स्थानीयले कालो झण्डा देखाएका छन्। इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रुख ढालेर स्थानीयले कालो झण्डा देखाएका हुन्। 

भिडियो :

मन्त्री तामाङलाई बाटोमा अवरोध गरेर ४ घण्टा मेलम्ची बजारमै रोकिएका थिए। इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन गृहजिल्ला सिन्धुपाल्चोक पुगेका हुन्। प्रहरीले स्थानीयले ढालेका रुख र नाराबाजीलाई नियन्त्रण लिएपछि मन्त्री कार्यक्रमस्थल पुगेका छन्।

करिब ४ घण्टा बाटो अवरोध गरेर कालो झण्डा देखाएपछि मन्त्री तामाङ कार्यक्रम स्थल पुगेका छन्। मन्त्री तामाङ गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्। 

नेकपा अनौपचारिक विभाजनपछि गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन्। गृह जिल्लामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पकड छ। तर, गृहमन्त्री तामाङ निकटका तामाङ ओली पक्षमा प्रवेश गरेपछि स्थानीयले गृह क्षेत्रमै अवरोध गरेका हुन्।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.