|

बैतडी : महाकाली राजमार्गअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनी ट्रकमा आगजनी भएको छ। गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलंगातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नम्बरको मालवाहक मिनीट्रकमा आगो लागेको हो। 

शनिबार दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक पोइन्टमा इन्ट्री नै नगराएर गएको उक्त मिनी ट्रकमा आगजनी भएको  हो। नजिकै रहेको पेट्रोल पम्पमा तेल हाल्छु भनेर इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रक आगजनी भएको खबर आएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

विप्लव समूहको आज(शनिबार) नेपाल बन्दको घोषणा गरेको थियो। प्रहरीले स्कर्टिङ गरेर गाडीलाई गन्तव्यमा पुर्‍यारहेको थियो। प्रहरी नायव उपरीक्षक विष्टले भने, 'विप्लव समूहको क्रियाकलाप शंकास्पद छ। तर ट्रकमा आफैं आगो लाग्यो या कसैले गरे त्यो भने खुल्न सकेको छैन।’

मिनी ट्रकमा आगो लागेको भन्ने खबर बाहिरका मान्छेले गरेकोले थप शंका उत्पन्न भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए। उनले भने, ‘खबर पाउनासाथ गएर आगो निभायौं, तर साहु र चालक भने सम्पर्कविहीन छन्।’ 

ट्रकका साहु जगन्नाथ पन्त र चालक महेश पाललाई नियन्त्रणमा लिइने र थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। मालवाहक उक्त ट्रकमा रहेको हार्डवेयरको सामग्री भने जलेर नष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.