|

इलाम : युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ नाइन्टी सिक्स ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ। 

नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता आयोजना गर्ने भएको हो। १२२ दिन सम्म चल्ने प्रतियोगितालाई नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पाइला हालेको वर्ष सन् १९९६ को सम्मानमा नामाकरण गरिएको छ। १९ वर्ष मुनिका खेलाडीहरुबिच दुई दिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने छ।

‘सामान्यतया यो प्रतियोगिता भन्दा पनि सिजन हो। सात वटा प्रदेशमा १२२ दिनसम्म २ दिवसीय ढाँचामा क्रिकेट हुनेछ। खेल सेतो जर्सी र रातो बलले खेलिनेछ।’ नाइन सिक्स इभेन्ट्स प्रालिका अध्यक्ष अमित पोखरेलले भने। 

प्रदेश ५ र कर्णाली प्रदेशको एकै प्रादेशिक क्रिकेट बोर्ड रहेका कारण दुवै प्रदेशमा संयुक्त प्रतियोगिता सञ्चालन गरिनेछ। प्रत्येक प्रदेशको विजेताले राष्ट्रिय स्तरको फाइनल खेल्नेछन्। 

प्रत्येक प्रदेशले आठ क्लब वा एकेडेमीलाई सहभागी गराउन सक्नेछन्। ‘यसरी खेलाउँदा हामीले पहिलो सिजनमा कम्तिमा ४८ टोलीहरुलाई खेलाउन सक्नेछौं र आशा छ टिमहरुको संख्या आगामी वर्षहरुमा थपिदै जानेछन्’ कम्पनीका प्रबन्ध निर्देशक रोशन धितालले भने। हरेक सिजन फागुन महिनामा शुरु हुने र पहिलो संस्करण माघ २०७८ मा सम्पन्न हुने जनाइएको छ। 

प्रतियोगिताको बिजेता टोलीले २ लाख ५० हजार र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।  म्यान अफ द सिरिजले २५ हजार पाउने छन् भने उत्कृष्ट बलर र ब्याट्समेनले १० हजार प्राप्त गर्नेछन् ।

पहिलो संस्करणको पहिलो सिजन फागुन १२ देखि प्रदेश १ मा शुरु हुनेछ । प्रदेश १ को प्रतियोगिताका लागि धेरै ८ क्लब वा एकेडेमीको सहभागिता रहनेछ । पहिलो सिजनका खेलहरु झापा र मोरङ्गमा हुनेछ । फाइनल फागुन २२ र २३ गते मोरङमा हुनेछ । प्रदेश २ को सिजनका बारे विस्तृत जानकारी पहिलो सिजनको समाप्तिपछि दिइनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.