|

पर्सा : भारतबाट नेपालमा आई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-१, छपकैयामा आई ती बालिकालाई जबरजस्ती करणी गरेको निजलाई प्रहरीले समातेको हो।

कोठा खोज्ने बहानामा वीरगन्ज महानगरमा आएर जबरजस्ती करणी गर्ने निज व्यक्ति भारतको पश्चिम चम्पारण थाना चनपटिया ग्राम पञ्चायत टिकुलिया वडा नं.१३ बस्ने वर्ष ३४ का नेहाल मिया रहेको पर्सा प्रहरीले जनाएको छ।

निजले गएको माघ ९ गते आफ्नै साथीको साइनो जोडी पीडितकै घरमा आएर बास बसेको खुलेको छ। राति १०:३० तिर त्यही घरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर उनी फरार भएको थाहा लागेको पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले जानकारी दिएका छन्‌।

जबरजस्ती करणी गर्दा ती बालिका चिच्याएको र निज भागेको खुलेको छ। तर, पक्राउ गर्न प्रहरी तत्कालै खटिएपछि निज उम्किन नसकेको उपरिक्षक कुँवरले बताए।

पीडित परिवार पनि भारतको बिहार थाना पलनवा ग्राम पञ्चायत लौकरिया-५ का स्थानीय बासिन्दा हुन्‌। उनीहरू अलि पहिलेदेखि नै वीरगन्जमा बस्दै आएको खुलेको छ। 

पीडित बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र पीडक दोषी रहेको खुलेको छ। उनलाई थप कारवाहीका लागि पर्सा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.