काठमाडौं : बुधबार बिहान १० बजेबाट नेपालमा पहिलोपटक कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात हुने भएको छ। १४ गते १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने भएका छन्।
सातै प्रदेशका मुख्यमन्त्रीसँग आज स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्रालयले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई खोप लगाइने जनाएको हो।
कोरोना खोप अभियानको बारेमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने जानकारी दिएका छन्।
सो छलफलमा मन्त्री त्रिपाठीले मुख्यमन्त्रीहरूलाई कुनै समस्या भए १४ गते अगाडि नै समाधानसमेत निर्देशन दिएका भारत सरकारले गत बिहीबार १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको छ। सो खोप आजैबाट सातै प्रदेशनमा पठाइसकिएको छ। यसअघि मन्त्रालयले सातै प्रदेशमा खोप अभियानको लागि संयोजकसमेत तोकिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।