|

गुल्मी : गुल्मीमा सवारी दुर्घटना कम गर्न सडक छेउमा सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटनाग्रस्त क्षेत्रमा सचेतनामुलक होर्डिङ बोर्ड राखेको प्रहरी हवल्दार नवीन भण्डारीले जानकारी दिए।

अति दुर्घटना हुने स्थलहरु रिडी, छत्रकोट, भेडुवा, भगेरी, बाघमारे, सेउघालगायतका स्थानहरुमा होर्डिङ बोर्ड राखिएको अन्य स्थानहरुमा पनि राख्ने क्रम जारी रहेको भण्डारीले बताए। अति दुर्घटना हुने स्थानहरुमा सचेतनामुलक होर्डिङ बोर्ड राख्नाले सडक दुर्घटना कम हुने कार्यालयले विश्वास लिएको । पछिल्लो समयमा कार्यालयले सवारी चालक र सहचालकलाई सडकमै ट्राफिक नियमसम्बन्धी जानकारी दिने कार्य पनि गर्दै आएको छ।

गुल्मीमा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७६/७७ मा १५ जना र आर्थिक वर्ष २०७७/७८ को हालसम्म १४ जनाको  मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.