|

काठमाडाैं : नेकपा प्रचण्ड– माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।

आज बसेको समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माघ ३ मा बसेको स्थायी कमिटीले ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण सोध्ने निर्णय गर्दै बालुवाटारमा पुगेर नेताहरुले स्पष्टीकरण पत्र बुझाएका थिए। तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्कासन गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि दाहाल–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाएको थियो।

यस्तै आजको बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनोनीत गरेको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार एक जना उपसचिव छिट्टै थपिने छ।

स्थायी कमिटी बैठकले पार्टीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको निष्कर्ष किालेको छ। बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त संघर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.