|

मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुअल लोपेज ओब्राडोरलाई कोरोना संक्रमण भएको छ। ​ओब्राडोरले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

६७ वर्षीय ओब्राडोरले आफूलाई कोरोना संक्रमण भएपनि सामान्य लक्षण देखिएको बताएका छन्। संक्रमण भएपनि आफूले जनप्रतिनिधिका हैसियतमा राजनीतिक जिम्मेवारी हरहालतमा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। 

ओब्राडोरले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसनिर्मित स्पूतनिक कोरोना भ्याक्सिन उपलब्ध गराउनेबारे फोनवार्ता गरेका थिए। 

मेक्सिकोमा अहिलेसम्म १७ लाख मानिसलाई कोरोना संक्रमण भएको छ। १ लाख ५० हजारभन्दा धेरै संक्रमितको ज्यान गइसकेको छ।

मेक्सिको कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको चौथो नम्बरमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.