|

मोरङ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धुमधाम समारोह आयोजना गरी आइतबार बिहे गरे।

४९ वर्षको उमेरमा २३ वर्षीया जाङ्मु शेर्पासँग मुख्यमन्त्री राईले लगनगाँठो कस्दा आफ्ना नजिकका साथी, समकक्षी मन्त्रीदेखि उच्च तहका नेतासम्मलाई राईले बोलाए।

तर, व्यवस्था परिवर्तनको आन्दोलनदेखि संघीयता कार्यान्वयन हुँदै प्रदेश १ सरकार गठन गर्दा मन्त्री भएर मुख्यमन्त्री राईका दाहिने हातसरह साथ-सहयोग गरेका निवर्तमान मन्त्री इन्द्रबहादुर आङ्बो भने विवाहमा बोलाइएनन्। 

केन्द्रमा नेकपा विभाजन भएपछि प्रचण्ड-नेपाल समूहमा लागेका आङ्बोले केही समय अगाडि मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। केन्द्रको निर्णय अनुसार संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध आङ्‌बो उभिएका थिए।

यद्यपि, राजनीतिक रूपमा फरक-फरक गुटमा भए पनि मित्रवत सम्बन्ध कायम नै रहने विश्वास आङ्बोमा थियो। तर, मुख्यमन्त्री राईले सबैभन्दा निकट रहेर आफूलाई साथ दिने आङ्बोलाई भने बोलाएनन।

यद्यपि, राई विवाह बन्धनमा बाँधिएकोमा आङ्बोले बधाई दिँदै विवाहमा निमन्त्रणमा नगरेकोमा गुनासो नरहेको प्रतिक्रिया दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.