|

भारत–चीन सीमाक्षेत्र नाकुलामा दुई देशका सैनिकबीच फेरि झडप भएको छ। भारतीय सेनाले झडप भएका पुष्टि गरेको हो। 

उत्तर सिक्किमको नाकुला इलाकामा जनवरी २० तारिखमा झडप भएको र दुवै देशका स्थानीय कमान्डरहरूले सुल्झाएको भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सो झडपमा भारतीय सैनिकहरू घाइते भएको चीनले दावी गरेको थियो। तर, भारतीय सेनाले भने चीनले तथ्य तोडमोड गरेको उल्लेख गरेको छ। भारतीय मिडियाहरूले नै पछिल्लो झडपमा दुवै देशका सैनिक घाइते भएको लेखेका थिए। 

बीबीसी हिन्दीका अनुसार तीन दिन पहिले चीनियाँ सैनिक नाकुला सीमा नाघेर आएपछि झडप भएका थियो। 

झडपमा सैनिकहरू घाइते या हताहत भए/नभएको खुलेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.