|

महोत्तरी : महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। जिल्लाको औरही नगरपालिका–४ कठुधारमा सोमबार बिहान करिब ९ बजे ना८ख ९८० नम्बरको टिपरले ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका १३ वर्षीय गुड्डु नदाफ र ठेगाना खुल्न नसकेका २० वर्षीय प्रमोद राम छन्।

गौशाला–सम्सी सडक खण्डअन्तर्गत कठुधार चौकमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको टिपरले दुवैजना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

घटनालगत्तै स्थानीयहरुले सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्। यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.