|

काठमाडौं : सरकारले अदालतलाई प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकारवादीहरुले बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।
मानव अधिकार तथा शान्ति समाजले सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो।

सरकारले अदालतलाई प्रभाव पार्न गरेको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग तथा प्रधानमन्त्री तथा मन्त्रीहरूको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध विरोध प्रदर्शन गरेको मानव अधिकारवादीहरूले बताएका छन्।

प्रदर्शनमा उपस्थिति भएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.