|

काठमाडौं : विश्वको दोस्रो ठूलो हिमाल माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई  भारतीय कंग्रेसका नेता राहुल गान्धीले दिएका छन्। 

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाली टोलीलाई बधाई दिएका हुन्। उनले लेखेका छन् ‘नेपाली टीम र नेपाललाई बधाई, नेपाली शैलीको उपलब्धीका लागि।’

 

हिँउदयाममा कसैले आरोहण गर्न नसकेको माउण्ट केटुको नेपाली टोलीले यहि माघ ३ गते सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान रचेका थिए। टोली आज विहान पौने ८ बजे स्वदेश फर्किएको छ। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

पाकिस्तानमा रहेको माउन्ट केटुको उचाइ ८ हजार ६ सय ११ मिटर छ । विश्वको ८  हजारभन्दा अग्ला हिमालमध्ये माउन्ट केटुमा हिउँ याममा आरोहण हुन सकेको थिएन।

इतिहास रच्ने क्रममा नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा ले संयूक्त रुपमा सफलतापूर्वक आरोहण गरेका थिए।

उनीहरुलाई पाकिस्तानका राष्ट्रपतिले भब्य स्वागत गरेका थिए।  १० आरोहीमध्ये मिङ्मा जी शेर्पाले भने अक्सिजनबिनै आरोहण गरेर एकैसाथ दुइवटा किर्तिमान कायम गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.