|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बासिंह कुँवर (काजी बा) को निधनप्रति प्रचण्ड-माधव समूहले दु:ख व्यक्त गरेको छ। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले शोक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेका हुन्। 

नेकपा अध्यक्षद्वयले श्रद्धाञ्जली अर्पण गर्दै नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने नेपाली कम्युनिष्ट आन्दोलनका अविचलित नेता रहेको बताएका छन्।

हार्दिक श्रद्धाञ्जली नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने नेपाली कम्युनिष्ट आन्दोलनका अविचलित...

Posted by क. प्रचण्ड / Comrade Prachanda on Monday, 25 January 2021

'नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने नेपाली कम्युनिष्ट आन्दोलनका अविचलित नेता तथा हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड खम्बासिंह कुँवर (काजी बा) को असामयिक निधनको खबरले मर्माहत भएका छौं,' श्रद्धाञ्जलीमा लेखिएको छ, 'उहाँको निधनले हाम्रो पार्टी र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको छ।'

कुँवरप्रति क्रान्तिकारी अभिवादनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन्। 

कुँवर वि.सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए। उनको जन्म बुबा ललितजंग कुँवर र आमा पुतली कुँवर हुन्। उनका २ छोरा र ४ छोरी छन्। 

'भारतीय सेनाको सेवा-सुविधाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिनुभयो, उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिनुभएको थियो,' अध्यक्षद्वयको श्रद्धाञ्जलीमा लेखिएको छ, 'त्यसपछि उहाँ पार्टीका विभिन्न कमिटीहरूमा क्रियाशील रहँदै वि.सं. २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभएको थियो।' 

२०४३ सालको अन्त्यतिर सिंह गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए। जीवनपर्यन्त उनी नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.