|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले माघ १५ सम्म एसइई परीक्षाको मिति टुंगो लगाउन माग गरेको छ। अहिलेसम्म यस वर्षको एसइई परीक्षाको टुंगो नलाग्दा अभिभावक र विद्यार्थी अन्योलमा परेको प्याब्सनको निष्कर्ष छ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी भन्छन, ‘एसइई परीक्षाको समय मिति तोक्न मन्त्रालयले ढिला गरिरहेको छ। अब तत्काल यसको टुंगो लगाउनुपर्छ हाम्रो माग हो।’ एसइई परीक्षा मिति छिट्टै नतोकेमा कक्षा–११ को पढाइलाई समेत असर पुग्ने उनको भनाइ छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षाको विषयमा बोर्डले नभई मन्त्रालयले नै टुंगो लगाउनुपर्ने बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाबारे अझै निर्णय गरेको छैन। 

यता, मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिले पनि परीक्षाको विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए। ‘परीक्षा कहिलेबाट गराउने भन्ने विषयमा मन्त्रालयमा छलफल भैरहेको छ,’ उनले भने, ‘अझै टुंगोमा पुगेको छैन। निर्णय भएपछि हामी सार्वजनिक गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.