|

जुम्ला : पातारासी गाउँपालिकाको उर्थुचौतारको पटमारा स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालनमा आएको छ।  दुर्गम गाउँ उर्थुचौतारमा प्रसूति गृह सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरका साथै ल्याब सेवा पनि सञ्चालनमा आएको छ। खकार, रगत, दिसा पिसाबलगायत २०/२१ प्रकारका समस्याहरूको परीक्षण हुने भएपछि स्थानीयलाई सहज भएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए। प्रसूति गृहका लागी निःशुल्क ७६ वर्गमिटर जग्गा उपलब्ध गराउने तुलवीर विष्टलाई सम्मान गरिएको छ। 

सेवाको उदघाटन जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढा र गाउँपालिका अध्यक्ष लछिमन बोहोराले गरेका गरेका हुन्। पूर्वाधार, जनशक्ति तथा उपकरणसहितको ल्याब सेवा र बर्थिङ सेवा सञ्चालनमा आएपछि पातारासिका नागरिकलाई उपचारको लागि सदरमुकाम जानुपर्ने बाध्यताको अत्त्य भएको अध्यक्ष बोहोराले बताए। 

गाउँपालिकाका करिब ३४ सय घरधुरीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने गरी काम भइरहेको पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतन बुढ्थापाको बताए। उनका अनुसार पटमारा स्वास्थ्य चौकीबाट ६ र ७ नम्बर वडाका सबै नागरिकले सेवा लिने छन्। पातारासी गाउँपालिकाको छुमचौर, डिल्लीचौर र पटमारा गरी तीनवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.