|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमका सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन्।

राष्ट्रिय समाचार समितिको माघ १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा प्रकाशित ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षकमा पार्टी एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमको ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ।

सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले उक्त आसयमा कुनै पनि कुरा व्यक्त नगरेको प्रष्टीकरण दिएको छ। उक्त समाचार उनलाई विभिन्न किसिमबाट अपमान गर्ने, उनका विचार, अभियान र कार्यशैलीमाथि भ्रम सिर्जना गरिएको बताइएको छ।

‘विगत केही समयदेखि क. वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो।’

​उपाध्यक्ष गौतमले सोमबार केही पत्रकारहरुसँग भएको भेटघाटमा पार्टी एकता अभियान र विभाजनले निम्त्याएको असरलगायत विषयमा कुरा भए पनि अध्यक्ष दिने समूहमा जाने भन्ने कुरा नभएको सचिवालयले प्रष्ट्याएको छ। ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी गौतमको नाममा भनाइ भनी छापिएको समाचार नेकपाको एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको सचिवालयले दाबी गरेको छ।

गौतमको नेतृत्वमा भोलि पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.