|

अर्घाखाँची : शितगंगा नगरपालिका–२ झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीया छोरी सृष्टिको हत्या गरेका छन्।

सन्तोषले सृष्टिको घाँटीमा प्लाष्टिकको डोरीले कसेर मंगलबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए। छोरीको हत्यापछि उनी आफैँ इलाका प्रहरी कार्यालय ठाडामा पुगेका थिए।

सन्तोषसँग झगडा भएपछि उनकी श्रीमती ६ महिनाअघि कपिलवस्तुको बुड्डीमा रहेको माइती गएकी थिइन्। करिब दुई महिनाअघि श्रीमती लिन ससुराल पुगेका सन्तोष छोरीलाई मात्र लिएर घर फर्किएका थिए। श्रीमती घर नआएपछि घिमिरेले छोरीले दुःख पाउने देखेर हत्या गरि आफू जेल बस्ने योजना बनाएको प्रहरी सामु बताएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। 

घरमा रहेका हजुरबुवा र आमा घर नजिकै बारीमा गएको मौकामा सन्तोषले छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ।  घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.