|

काठमाडाैं : मिचिएको १ लाख वर्गकिलोमिटर नेपाली भूमि माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यहाँको गणतन्त्र दिवसको अवसरमा ज्ञापनपत्र प्रस्तुत गरेको छ। 

भारतमा २६ जनवरी अर्थात् भोलि गणतन्त्र दिवस छ। यसै अवसरमा मोर्चाले दक्षिण एसियाको धर्तीमा उपनिवेश बाँकी रहेको भन्दै मिचिएको नेपाली भूमि फिर्ता नहुनु विडम्बनापूर्ण भएको लेखेको छ।  

'जुन देशले उपनिवेशबाट मुक्ति पायो, उसैले अर्को देशको जमिनलाई उपनिवेश बनाएको छ। यो लाजमर्दो कुरा हो, इन्डियाले नेपाली भूमिमा उपनिवेशको कुरूप झण्डा समातिरहेको छ।' ज्ञापन पत्रमा लेखिएको छ। 

नेपालको जमिनमा सन् १९४७ अगस्त १५ देखि औपनिवेशिक सत्ता कायम राखेर त्यहाँ इन्डियाले गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारको ठाडो उल्लंघन भएको पनि मोर्चाको ठहर छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.