|

काठमाडौं : बेलायतमा कोरोना संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ। ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा बस्दै आएका भूपू गोर्खा सैनिक प्रा.डा.चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

कोरोना संक्रमण भइ उपचारकै क्रममा मस्तिष्काघात भएकपछि उनको मृत्यु भएको हो। कोरोना संक्रमण भई यही माघ ५ गते अस्पताल भर्ना भएका लक्सम्बा पछिल्लो समय बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका थिए। उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत गएका थिए।

डाक्टर लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियूको सभापतिमा निर्वाचित भएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.