|

काठमाडौं : नेकपाको प्रचण्ड–माधव समूहले आजदेखि माइतीघरमा साताव्‍यापी धर्ना कार्यक्रम सुरु गरेको छ। विरोध कार्यक्रमको तेस्रो चरणअन्तर्गत यस समूहको माघ २१ सम्म धर्ना कार्यक्रम छ।

प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले सोमबार तेस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो। धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने बताइएको छ।

तेस्रो चरणको विरोध प्रर्दशनसहित सभा हुने जनाइएको छ। बिहीबार बुटलवमा, शुक्रबार विराटनगरमा र शनिबार धनगढीमा प्रदर्शनसँगै सभा गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जनाएको छ। यस समूहले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको थियो।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.