|

काठमाडौं : सर्वसाधारण नागरिक र फ्रन्टलाइनमा खोपप्रति त्रास बढेकाले विश्वसनीयता दिलाउन कोभिड विरुद्धको खोप लगाएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन्।

खोपप्रति अफवाह फैलिएकाले त्यसप्रति शंका नहोस् भन्न र खोप सुरक्षित छ भनेर लगाएको उनले बताए।

थाहाखबरसँग टेलिफोनमा कुरा गर्दै मन्त्री यादवले भने,'कोभिडविरुद्ध खोप फ्रन्टलाइनरलाई लगाउने थाहा छ। तर, सबैको मनमा त्रास फैलिएकाले खोप लगाएको हुँ।  मैले लगाएर अरूलाई यसप्रति विश्वास दिलाउन खोजेको हुँ। खोपप्रति  सञ्चारमाध्यममा गलत सूचना नजावस् भनेर मैले खोप लगाएको हुँ।'

जनप्रतिनिधि भएको र प्रदेशको नेतृत्व गरेर बसेकाले पनि सबैलाई विश्वास दिलाउन खोप लगाएको उनको दाबी छ। उनले भने,' १० दिन पछि पुनः कोभिड विरुद्धको खोप लगाउँछु। कोभिडविरुद्ध चार हप्ता पछाडि लगाउनुपर्छ।

उनी अहिले खोप लगाएर आराम गरिरहेका छन्। खोपको कुनै पनि साइड इफेक्ट नदेखिएको उनले जानकारी दिए।

पहिलो चरणमा ३ सय खोप केन्द्रबाट स्वास्थ्यकर्मी,सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पनि खोप लगाएका छन्। कँडेलले आफू खोप लगाउन तयार भएपछि सर्वसाधारणलाई पनि सकारात्मक सन्देश जाने अबस्था रहेकोले आफैंबाट खोप लगाउन शुरु गरेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.