|

चितवन : भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँ दिएको छ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालाको कामलाई बढाउन महानगरले सहयोग गरेको हो। 

महानगर प्रमुख रेणु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई रकमको चेक हस्तान्तरण गरेकी हुन्। महानगरले आन्तरिक स्रोतबाट उठेको रकम रंगशाला निर्माणका लागि सहयोग गरेको महानगर प्रमुख दाहालले बताइन्। महानगरले यसअघि पनि रंगशालालाई चार करोड रुपैयाँ दिइसकेको छ। 

महानगरबाट प्राप्त चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको काम बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए। उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्‍याइने बताए।

रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.