|

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय संघर्ष समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल गरेको छ। 

दुवै अध्यक्षको उपस्थितिमा बसेको बैठकले अहिलेसम्मका आन्दोलन कार्यक्रमको समीक्षा र घोषित कार्यक्रम प्रभावकारी बनाउनेबारे छलफल गरेको  केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए।

प्रचण्ड माधव पक्षले तेस्रो चरणका विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ। बैठकले अबका कार्यक्रममा जनसहभागिता बढाउने र विपक्षी राजनीतिक दल तथा नागरिक आन्दोलनसँग जोडिने बारेमा पनि छलफल गरेको छ।

आजै पार्टीले बुटवलमा जनप्रदर्शन गर्दैछ। सभालाई सम्बोधन गर्न प्रचण्ड र माधव नेपाल बुटवल जाँदैछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.