|

गुल्मी : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत महशुल नबुझाएका तम्घासका ४४ जना ग्राहकको लाइन काटेको छ। 

विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका अनुसार विद्युत महशुल नबुझाउने ४४ जना ग्राहकहरूको लाइन काटिएको र उनीहरूबाट पाँच लाख ९६ हजार ५५५ रुपैयाँ ५ पैसा बक्यौता बुझाउनुपर्ने देखिएको छ। 

४४ जना ग्राहकहरूको लाइन काटिएपछि २७ जना ग्राहकहरूले बक्यौता भुक्तानी गरी लाइन जडानका लागि निवेदन दिएकाले जडान गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख ईश्वरकुमार श्रेष्ठले जानकारी दिए।

२७ जना ग्राहकहरूबाट तीन लाख १२ हजार १९० रुपैयाँ ६९ पैसा असुल भएको आय फाँटले जनाएको छ। ग्राहकहरूले महशुल बझाए पश्चात लाइन जोडिदिन निवेदन दिनुपर्ने र सोही अनुसार प्रकृया पूरा गरी लाइन जोडिने कार्यालयले जनाएको छ। 

गुल्मीमा विद्युत महशुल नबुझाउने ग्राहकहरूको लाइन काट्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.