|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड- माधव पक्षले आज बिहीबार बुटवलमा बृहत जन प्रदर्शन गर्दै छ। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा विरोध प्रदर्शन गर्न लागेको हो। 

भेलालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। 'भेलालाई सम्बोधन गर्न दिउँसो १ बजे अध्यक्षद्वय आउँदै हुनुहुन्छ। त्यसैले हामी आवश्यक तयारीलाई तीव्र रुपमा गरिरहेका छौँ' उनले भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ। ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले निरन्तर सडक आन्दोलन गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.