|

बारा : बाराको निजगढ नगरपालिकाका अशक्त र अपाङ्ग दङ्ग छन्। जाडोले समस्या परेको बेला ब्ल्याङ्केट र थर्मश बोकेर घरमै जनप्रतिनिधि आएपछि उनीहरु खुसी भएका छन्। 

निजगढ नगरपालिकाले नगरभित्रका अति अशक्त र अपांगता भएका नागरिकहरुलाई जाडोबाट बच्न सोमबारबाट ब्ल्याङ्केट र थर्मश वितरण गरेको छ। जाडो छल्ने सामग्री बोकेर घरघरमै पुगेका छन्।

निजगढका मेयर सुरेश कुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की, वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, निजगढ नगरपालिकाका सुचना अधिकृत रविन घिमिरे लगायत वडाका जनप्रतिनिधिहरु घरघरमै पुगेका थिए।                 

अशक्त तथा अपांग नागरिकहरुलाई जाडोबाट सुरक्षित राख्ने उद्देश्य स्वरूप नगरपालिकाले ब्ल्याङ्केट र थर्मश वितरण गरेको मेयर सुरेश कुमार खनालले बताए। अति अशक्त र अपाङ्ग भएका नागरिकहरुको सहजताको लागि घरघरमै पुगेर वितरण गरिएको जानकारी दिए।

 नगरपालिकाले वडा नम्बर १ भरतगंज सिंगौलबाट सो सामग्री वितरण शुरु गरेको हो। नगरपालिकाले यस अघि नगरका ज्येष्ठ नागरिकहरुलाई पनि उक्त सामाग्रीहरु वितरण गरेको थियो।

नगरपालिकाले नगर भित्रका १ सय ९८ जना पूर्ण अपांग र अशक्त भएकाहरुलाई न्यानो सामाग्रीहरु वितरण गर्ने निजगढ नगरपालिकाको महिला, वालवालिका तथा समाजकल्याण शाखाकि प्रमुख रोजी श्रेष्ठले जानकारी दिइन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.