|

काठमाडौं : उपत्यकाको भित्री सडकखण्डमा दुईवटा ट्राफिक लाइट जडान भएको छ। आज कृष्ण पाउरोटी चोक र गैह्रीधारा चोकमा जडान गरिएको हो।
महानगरीय ट्राफिक महाशाखाले प्राइम बैंकसँग कृष्ण पाउरोटी चोक र गैह्रीधारामा सनराइज बैंकको समन्वयमा लाइट जडान गरेको हो।

कृष्ण पाउरोटी चोकको लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राइम बैंकका असिस्टेन्ट जेनरल म्यानेजर अनिता प्रधान तथा गैह्रीधाराको लाइट सनराइज बैंकको सिइओ जनक शर्मा पौडेल र महाशाखा प्रमुखले एकैसाथ उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा महाशाखाका प्रमुख भट्टराईले भने, 'उपत्यकामा सवारी चाप र सवारी दुर्घटना न्यूनीकरण गर्न तथा अन्य समस्या समाधान गर्न यस्ता प्रविधिले सहयोग गर्ने विश्वास लिएका छौँ।'

ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लान महाशाखा प्रयासरत रहेको उनले जानकारी दिए। यसका लागि विभिन्न वित्त कम्पनी,सडक विभाग र स्थानीय निकायहरुसँग सहकार्य गर्दै अगाडि बढने उनले बताए।

'आज जडान भएका लाइट त्यसैको परिणाम हो। आगामी दिनहरूमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट जडान गर्न सबै निकायसँग हातेमालो गरी अगाडि बढ्नेछौँ,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.