|
सांकेतिक तस्वीर ।

भक्तपुर : अरनिको राजमार्गको मध्यपुर थिमी–१ लोकन्थलीस्थित कोटेश्वरतर्फ जाने लेनमा बुधबार राती अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो। 

घाइते ती पुरुषलाई गस्तीमा रहेका प्रहरी नायव उपरिक्षक प्रकाश बगाले नेतृत्वको प्रहरी टोलीले उपचारका लागि मध्यपुर अस्पताल थिमि पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए।

कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएको, अन्दाजी ५० वर्षका ती पुरुषको परिचय खुल्न सकेको छैन। ‘मृतकको साथमा परिचय खुल्ने कुनै कागजात तथा मोबाइल फोन समेत नभएको हुँदा नाम, थर, वतन खुल्न सकेको छैन,’ प्रनाउ गिरीले भने।

घटनाको प्रकृति हेर्दा दुर्घटना जस्तो देखिएपनि यकिन हुन बाँकी रहेको प्रनाउ गिरीले बताए। घटनाको प्रहरी निरीक्षक नवराज थापाले अनुसन्धान भइरहेको जानकारी दिएका छन्‌।

मृतकको तस्वीर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.