|

काठमाडौं‌ : सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन्। 

अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ३ महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो। तर, ३ महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले धर्नामा बसेर विरोध जनाएका हुन्।

व्यवस्थापनले आफूहरूको कामको अवमूल्यन गरेको र यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरूको भनाई छ।

आफूहरूको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूको भनाई छ। श्रमिकको माग पुरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग उनीहरूले राखेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.