|

काठमाडौं : निर्वाचन आयोगले नेकपाका दुबै पक्षका छलफलका लागि बोलाएको छ।

आगामी बैशाखमा तोकिएको निर्वाचनका लागि गरिरहेको तयारी र दल दर्तासम्बन्धी छलफल गर्न दुबै पक्षलाई बोलाएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भोलि बिहान साढे ११ बजे दुबै पक्षबाट अध्यक्षसहित पार्टीका ५/५ जना आधिकारिक प्रतिनिधिलाई आयोगको कार्यालयमा बोलाएको जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई छुट्टाछुट्टै पत्र लेखेर अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्तिलाई बोलाएको हो।

पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन भएको घोषणा गरेपछि बैशाख १७ गते पहिलो र २७ मा दोस्रो चरणको चुनाव घोषणा गरिएको छ। तर, प्रतिनिधि सभा विघटनविरुद्ध दर्जनौं रिट परेका छन्‌ र अहिले संवैधानिक इजलासमा बहस भैरहेको छ।

संसद विघटन भएपछि नेकपा २ समूहमा विभाजन भएको छ। यसअघि आधिकारिक नेकपा र चुनाव चिन्ह सूर्य आफ्नो–आफ्नो भएको दावी गर्दै दुबै समूहले आयोगमा निवेदन दिएका थिए। आयोगले ति निवेदन भने खारेज गरिदिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.