|

एजेन्सी : कोरोना भाइरसका नयाँ सङ्क्रमितहरू प्रत्येक दिनजसो भेटिन थालेपछि चीनका अधिकारीहरूले बेइजिङ सहरबाहिर ननिस्कन भनेका छन्।

बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को बिदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकलाई आग्रह गरेका छन्।

हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि बिदा दिएको छ। यस समयमा सरकारी कार्यालयहरू पनि बिदा हुने भएकोले ठूलो संख्याका मानिस यो पर्व मनाउन जम्मा हुने गरेका छन्। यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर बिदा मनाउने गरेका हुन्छन्। 

तर यहाँका स्वास्थ्य अधिकारीहरूले भने चीनमा दिनप्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरू भेटिएको जानकारी गराएका छन्। चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन्।

उनले पछिल्ला केही दिनहरूमा चीनका बेइजिङसहितका अरू पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले बिदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन्। 

कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो। यो भाइरस संसारका देशहरूमा पुगिसेकेको छ। चीनले भने छ महिनाअघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो। तर पछिल्ला दिनहरूमा भने यहाँ फेरि यसका संक्रमितहरू देखिन थालेका चीन सरकारले जनाएको छ। 

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन्। चिनियाँ अधिकारीहरूका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो। तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। त्यस्तै अरू संक्रमितहरू भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो। 

चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ संक्रमित भेटिएका छन्। यहाँका स्थानीय नागरिकहरूबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ। सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.