|

काठमाडौं : बिनाधितो नेपाल वायुसेवा निगमका कर्मचारीले १५ लाख रुपैयाँ ऋण पाउने भएका छन्। ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले उक्त ऋण पाउनेछन्। 

आज बिहीबार निगम र राष्ट्रिय वाणिज्य बैंकबीच सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा निगमका महाप्रबन्धक श्री डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, सेवा अवधि ३ वर्षभन्दा कम भएका कर्मचारीले बैंकको कर्जा प्रवाहसम्बन्धी नियमअनुसार ऋण उपलब्ध हुनेछ। निगमका सिफारिसमा कर्मचारीले ऋण पाउने प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.