३ सय ११ सदस्यीय संघर्ष समिति गठन

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका १८ सयभन्दा बढी कर्मचारी समायोजनमा नपरेको भन्दै संघर्ष कार्यक्रम घोषणा गरेका छन्।

३ सय ११ सदस्य सहितको टोलीले संघर्ष समिति बनाएका छन्। काठमाडौं महानगरपालिका नेपाल सफाइ श्रमिक संघ, नेपाल यातायात मजदुर संघ र स्थानीय तह कर्मचारी युनियन इकाइले संयुक्त संघर्ष गर्ने भएका छन्।

अदालतको परमादेशको जारी भइसक्दा पनि कर्मचारी समायोजन नगर्दा महानगरपालिकाविरुद्ध संघर्ष समितिको कार्यक्रम घोषणा गरिएको स्थानीय तह कर्मचारी युनियन नेपाल काठमाडौं महानगरपालिका इकाइको अध्यक्ष शिवजी भट्टराईले बताए। उनले भने, '१६-१७ वर्षदेखि कार्यरत अस्थायी कर्मचारीलाई व्यवस्थापन नगर्दा संघर्षको कार्यक्रम गर्न बाध्य भएका छौं।'

कर्मचारीका माग र मुद्दा संस्थागत सुधारका लागि पाँचबुँदे जायज मागपत्र पेस गर्दासमेत सम्बोधन नहुँदा संघर्ष सुरु गरिएको उनले बताए। महानगरले कर्मचारीको मागलाई बेवास्ता गरिरहेको उनको भनाइ छ। कर्मचारीको मागमा महानगर संवेदनशील नबनेको उनको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.