|

काठमाडौं : सर्वोत्कृष्ट मोडलको रुपमा रवि बहादुर सिंह सम्मानित भएका छन्।

सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा सिंहले 'वनमा नाच्ने मजुर वनमै हुन्छ बास' बोलको गीतमा मोडलिङ गरेबापत सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका हुन्।

 क्यापिटल इन्टरटेनमेन्टको र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका बने। गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई पाएका छन्।

गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै,लोकदोहोरी तर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायक गायिका लोकदोहोरी तर्फको अवार्ड चुम्न सफल भए। गायक गुरुङले लुकी लुकी गीतबाट अवार्ड चुमे भने गायिका केसीले भाग्यले नि ढाँट्यो गीतबाट अवार्ड चुम्न सफल भइन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.